Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • बागमती गाउँपालिकामा भूमिहिन दलितलाई लालपूर्जा वितरण

    बागमती गाउँपालिकामा भूमिहिन दलितलाई लालपूर्जा वितरण

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.4K
    SHARES

    मकवानपुर । संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तिब्र पारिएको छ ।

    मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूूमिहिन दलितलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर रहेका सबै भूमिहिनले जग्गा प्राप्त गर्ने गरी अभियान तिब्र पारिएको बताए ।



    मन्त्री श्रेष्ठले एक वर्षभित्र देशभर रहेका सबै खालका भूमिहिनहरुले जग्गा प्राप्त गर्ने अभियान अगाडी बढिसकेको भन्दै सरकारले शुरु गरेको अभियानमा वास्तविक भूमिहिन कोहीपनि जग्गा पाउनबाट छुट्न नहुनेमा जोड दिए ।



    मन्त्री श्रेष्ठले भुमिहिनलाई लालपूर्जा वितरण गर्ने क्रममा धेरै अबरोधहरु सिर्जना गर्ने काम भइरहेको भएपनि आफू संविधानमा व्यवस्था भएको भूमिहिनले एकपटक जग्गा पाउने हक कार्यन्वयन गर्न प्रतिबद्ध भएर लागेकै कारण परिणाम दिनेगरी काम गर्न सफल भएको बताए ।

    मन्त्री श्रेष्ठले सबै विधि र प्रक्रिया पुरा गरेर भूूमिहिनलाई लालपूूर्जा वितरण गरिएको भन्दै सरकारमा जोसुुकै आएपनि अब यो लालपूूर्जा कसैले खोस्न नसक्नेमा ढुुक्क हुन समेत सबैलाई आग्रह गरे ।

    बागमती गाउँपालिकामा आज ३ भूूमिहिन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरेर शुरु गरिएको अभियान अन्र्तगत लगत संकलन र विभिन्न वडामा रहेका भूूमिहिन दलिहरुकालागि जग्गा नापजाँचको काम भइरहेको छ ।

    यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहिन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ ।

    यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नं २ का ४६ भूमिहिन दलित घरपरिवारलाई बुुधवार लालपूूर्जा वितरण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार