Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कतिपयलाई रहर छ नेपाललाई श्रीलंका बनाउने तिनको सपना पूरा हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकालाई आर्थिक रुपमा तुलना गर्न नमिल्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कतिपयलाई नेपाललाई श्रीलंका बनाउने रहर समेत रहेको तर त्यो नहुने बताएका छन् ।

उनले भने ‘कतिपयलाई रहर छ, नेपाललाई श्रीलंका बनाउने । तिनको सपना पूरा हुँदैन । तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम एक थरीहरुले गरिरहेका छन् ।’

उनले विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताए ।

मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको उनको भनाइ छ ।

शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन बीचको युद्धका कारण थप समस्या आएको बताए । उनले दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव परेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077