Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • निर्वाचनका विषयमा छलफल गर्न गठबन्धनको बैठक आज बस्दै

    निर्वाचनका विषयमा छलफल गर्न गठबन्धनको बैठक आज बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान साढे ११ बजे बैठक बस्न लागेको हो ।



    प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् । स्थानीय तह निर्वाचनको तयारी र देखापरेका चुनौतीका विषयमा छलफल हुने बतइएको छ ।



    प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार