एजेन्सी । इजरायलको तेल अभिभ सहरमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ । गोलाबारी तेल अभिभ सहरको डिजेनगोफ स्ट्रिटमा भएको हो । जुन सबैभन्दा व्यस्त ठाउँहरू मध्ये एक मानिन्छ ।
बार र रेष्टुरेन्ट भएको क्षेत्र भएकाले यहाँ मानिसको आवतजावत पनि उच्च छ। टाइम्स अफ इजरायलका अनुसार डिजेनगोफको बारमा एक व्यक्तिले गोली हानेका हुन् ।
यस्तै गोली लागेर ९ जना घाइते भएका छन् । पछिल्लो दुई हप्तामा इजरायलमा भएको यो चौथो आक्रमण हो । सुरक्षा बलले अहिले आक्रमणकारीको खोजी गरिरहेको छ ।
इजरायलको आपतकालीन सेवाका प्रवक्ताले आक्रमणपछि कम्तीमा ९ जनालाई अस्पताल लगिएको र तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
बिहीबार राति एक विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले आक्रमणमा मारिएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले आक्रमणमा संलग्नलाई खोज्ने कार्य जारी रहेको पनि बताएका छन्।
Leave a Reply