Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानमा अदालतले संसद् पुनःस्थापना गरेपछि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खान

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला गरेपछि त्यहाँका प्रधानमन्त्री इमरान खानले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

सर्वोच्चको फैसला आउनासाथ खानले बिहीबार राति ट्विटरमा लेख्दै शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘मैले भोलि (आज शुक्रबार) मन्त्रिपरिषदको बैठक बोलाएको छु। यससँगै संसदीय दलको बैठक पनि बोलाएको छु ।

साथै राष्ट्रका नाममा सम्बोधन पनि गर्नेछु। देशका लागि मेरो यो सन्देश छ म सधैं पाकिस्तानका लागि संघर्ष गरिरहेको छु र अन्तिम समयसम्म लडिरहनेछु।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077