काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीको अध्ययन र व्यवस्थापनका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकबाट प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहालको अध्यक्षतामा दुई सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको हो ।
यस्तै समितिको सदस्यमा केशव आचार्य नियुक्त भएका छन् । यसैगरी मन्त्रिपरिषद्ले गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा चेतन धमला नियुक्त गरेको छ ।
साथै हेटौँडा सिमेन्टको महाप्रबन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्त गरिएको छ ।
Leave a Reply