Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • भारतको आन्ध्र प्रदेशका सबै मन्त्रीले दिए राजीनामा

    भारतको आन्ध्र प्रदेशका सबै मन्त्रीले दिए राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । भारतको आन्ध्र प्रदेशका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् । प्रदेश सरकारका २४ जना मन्त्रीहरूले मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

    बिहीबार अमरावतीस्थित सचिवालयमा बसेको तीन घण्टा लामो बैठकपछि मुख्यमन्त्री रेड्डीसमक्ष उनीहरूले राजीनामा पत्र बुझाएका हुन् ।



    मुख्यमन्त्री रेड्डी वाइएसआर कंग्रेस पार्टी अध्यक्षसमेत हुन् । मन्त्रीहरूका राजीनामा पत्र गभर्नर विश्वभूषण हरिचन्दनलाई साँझ पठाइने जनाइएको छ ।



    राजीनामा पत्र पाएलगत्तै स्वीकृत हुनेछ । नयाँ मन्त्रिपरिषद् गठन गर्नका लागि उनीहरूले राजीनामा दिएको बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार