Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छ : प्रधानमन्त्री देउवा

    काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छ : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताएका छन्।

    बिहीवार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान संचालनको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।



    पछिल्लो समय ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न अवरोध हुँदा काठमाडौंको फोहोर उठ्न सकेको छैन। उनले फोहोरबाट बिजुली र ग्याँस निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताए ।

    ‘फोहोर व्यवस्थापनको कुरा उठेको छ। यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ। म केही दिनअघि धरान गएको थिएँ। त्यहाँ ट्रिटमेण्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्याँस निकालेर दिएका थिए,’ उनले भने ‘त्यसले टेम्पो जस्ता साना सवारीसाधनहरु चलाउने व्यवस्थापन गरेको देखेँ मैले। त्यसकारण यसको व्यवस्थापन गरेर त्यसको ट्रिटमेण्ट गरेर फोहोर व्यवस्थापन र बिजुली, ग्याँस दुई वटै निकाल्न सकिने सम्भावना बढेको छ। यो काम नेपाल आफैँले गर्नसक्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार