Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • राप्रपाले २५ गते काठमाडौँमा आमसभा गर्ने

    राप्रपाले २५ गते काठमाडौँमा आमसभा गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै प्रदेशमा विस्तारित बैठक सम्पन्न गरेको छ ।

    उक्त बैठक सकिएलगत्तै बागमती प्रदेश कार्यसमितिले यही चैत २५ गते काठमाडौँमा आमसभा गर्ने भएको छ ।



    चुनावी प्रचार–प्रसारका लागि देशका विभिन्न स्थानमा राजनीतिक गतिविधि सञ्चालन गरिएको पार्टीका महामन्त्री भुवन पाठकले जानकारी दिए ।



    पार्टीका सबै जनवर्गीय सङ्गठनलाई चुनावी प्रचारका साथै सङ्गठन विस्तारको जिम्मेवारी दिइएको छ ।

    पार्टीले सबै जिल्लामा सभा तथा जिल्लास्तरीय बैठक गर्ने कार्यतालिकाअनुसार यही चैत २६ गते झापाको दमक, २७ गते मकवानपुरको हटौँडा, २८ गते बाराको कलैया र २९ गते पर्साको वीरगञ्जमा सभा गरिने भएको छ । यी सबै सभामा केन्द्रीय अध्यक्ष, शीर्षनेताको सहभागिता हुने बताइएको छ। अधिकांश जिल्लामा बैठक तथा सभा सम्पन्न भएका छन् ।

    स्थानीय तहको चुनावमा कुनै पनि दलसँग सहकार्य नगरी एक्लै प्रतिस्पर्धा गर्ने पार्टीले देशभर उम्मेदवार छनोट गरिरहेको छ । पार्टीको स्थानीय तहको सङ्गठनलाई स्वच्छ छवि भएका, सङ्गठनप्रति समर्पित, स्थानीय जनताको मन जितेर लोकप्रिय बनेका, निर्वाचनमा विजय हुने सम्भवाना बोकेका नेतालाई उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गर्न जिम्मेवारी प्रदान गरिएको छ । यही चैत मसान्तभित्र उम्मेदवारको टुङ्गो लगाउने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार