काठमाडाैँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अधिवक्ता गोविन्द बन्दीको शपथ ग्रहण कार्यक्रम बिहीबार दिउँसो २ बजे राखिएको छ ।
नवनियुक्त मन्त्री बन्दीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् ।
बन्दी संघीय संसदमा सदस्य छैनन् । ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्री पद गुम्नेछ ।
Leave a Reply