Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • पुँजीगत खर्च गर्न भौतिक मन्त्रालय अझै कमजोर, उल्टै अर्थसँग माग्यो करिब १ खर्ब थप बजेट

    पुँजीगत खर्च गर्न भौतिक मन्त्रालय अझै कमजोर, उल्टै अर्थसँग माग्यो करिब १ खर्ब थप बजेट

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँग थप करिब १ खर्ब रकम माग गरेको छ ।

    विकास निर्माणसम्बन्धी सबैभन्दा महत्वपूर्ण र धेरै बजेट विनियोजन गरिएको भौतिक मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा विनियोजित बजेट खर्च गर्न नसके पनि पुनः ठूलो मात्रामा थप रकम माग गरेको पाइएको हो ।.



    भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको नौ महिनामा हालसम्म पुँजीगततर्फ करिब २४ प्रतिशत मात्र खर्च गरेको छ । विनियोजित बजेट खर्च गर्नेभन्दा भौतिकको ध्यान नयाँ बजेट थप गर्नेमा केन्द्रित भएको पाइएको छ ।



    स्रोतका अनुसार भौतिक मन्त्रालयले करिब १ खर्बबराबरको थप बजेट माग गरेको छ । भौतिकले मदन भण्डारी राजमार्ग, नागढुंगा सुरुङमार्ग, जनकपुर परिक्रम सडक आयोजना, नारायण मुग्लिङ सडकको मुआब्जा, मेलम्ची बजार हेडबक्स, काठमाडौं उपत्यकाको सडक विस्तारलगायत आयोजनाका लागि थप बजेट माग गरेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार