Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पल शाहको थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउने

    पल शाहको थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउने

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बलात्कार आरोप लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह) को मुद्दामा जिल्ला अदालत नवलपुरमा थुनछेक बहस सकिएको छ ।

    अदालतका अनुसार तीन वकिलले किशोरीको तर्फबाट र ९ जना वकिलले शाहको पक्षबाट बहस गरेको हुन् । बहसमा किशोरीपक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।



    केहीबेरमा आदेश आउने अदालत स्रोतले जनाएको छ । उनी तत्काल धरौटीमा वा तारेखमा छुट्ने सम्भावना न्यून रहेको छ ।



    यसअघि किशोरी पक्षको जाहेरीका आधारमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार