Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • कैलालीमा कांग्रेसबाट स्थानीय चुनावमा उम्मेदवार बन्न शुल्क बुझाउनुपर्ने

    कैलालीमा कांग्रेसबाट स्थानीय चुनावमा उम्मेदवार बन्न शुल्क बुझाउनुपर्ने

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.2K
    SHARES

    कैलाली । कैलालीमा नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको चुनावमा उम्मेदवार बन्न शुल्क बुझाउनुपर्ने भएको छ। स्थानीय तहको निर्वाचनमा स्थानीय तहको प्रतिनिधिको उम्मेदवार बन्न आकांक्षा देखाउनेलाई पार्टीमा दर्ता शुल्क तोकिएको हो।

    वडा, स्थानीय तह र क्षेत्रले आफूखुसी उम्मेदवार तोक्न थालेपछि जिल्लाले यस्तो निर्णय गरेको नेपाली कांग्रेस कैलालीका सचिव केशवराज मिश्रले बताए।



    उम्मेदवारको संख्या थेग्न नै नसक्ने भएकोले नियन्त्रण गर्न पार्टीबाट आकांक्षीका लागि शुल्क निर्धारण गरिएको उनले बताए।उनका अनुसार नगरप्रमुख पदका आकांक्षीले ७ हजार तथा उपप्रमुखले ५ हजार रुपैयाँ पार्टीलाई शुल्क तिर्नुपर्नेछ।

    यस्तै गाउँपालिका अध्यक्षले ५ हजार, उपाध्यक्षले ३ हजार, वडा अध्यक्षले एक हजार र वडा सदस्य पदका आकांक्षीले ५ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार