Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • भोटखोला जग्गा प्रकरण : सातजना विरुद्ध सङ्गठित अपराधमा छानविन गर्न म्याद थप

    भोटखोला जग्गा प्रकरण : सातजना विरुद्ध सङ्गठित अपराधमा छानविन गर्न म्याद थप

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1K
    SHARES

    सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला जग्गा प्रकरणका आरोपित सातजना विरुद्ध सङ्गठित अपराधमा छानविनका लागि सङ्खुवासभा जिल्ला अदालतले १५ दिन थप गरेको छ ।

    जग्गाधनीलाई जानकारी नै नदिई २७ रोपनी रजिस्ट्रेशन पास गर्न भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसहित सातजना विरुद्ध सङ्गठित अपराधमा अनुसन्धानका लागि १५ दिन म्याद थप गरिएको अदालतका स्रेस्तादार केदार गौतमले जानकारी दिए ।



    जग्गा जालसाजी गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष भोटे र नासु पराजुलीसहित सातजना विरुद्ध म्याद थप गरेर थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

    यसैगरी भोटखोला–४ सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमालाजुङ भोटे, मकालु गाउँपालिका–४ घर भाइ खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपालिकाका पासाङ शेर्पालाई पनि सोही अपराधमा म्याद थप गराई अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

    सङ्गठित अपराधअन्तर्गतको मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ ।

    सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ की विममाया तामाङका नामबाट जालसाजी गरी ठगी गरेको भन्दै गत फागुन २२ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।

    स्थानीयवासी दलबहादुर तामाङका नाममा रहेको करिब रु तीन करोड पर्ने कित्ता नं २७५ र २८० को २७ रोपनी जग्गा गत फागुन १ र २ गते वडाध्यक्ष भोटे र मालपोत कार्यालयका नासु पराजुलीको मिलेमतोमा रजिस्ट्रेशन पास गराइएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार