Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना’ तयार

    ‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना’ तयार

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । झन्डै आधा दशकअघि निर्माण भएको लागूऔषध (नियन्त्रण) ऐन २०३३ प्रतिस्थापन गर्ने गरी सरकारले ‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना’ निर्माण गरेको छ ।

    बढ्दो लागूऔषध दुरुपयोग र अवैध ओसारपसारका कारण विश्वव्यापी रुपमै आपराधिक क्रियाकलामा वृद्धि भएको र युवा जनशक्ति कुलतमा फसेर त्यसै खेर जाने अवस्था भएकाले त्यसलाई रोक्न र सामाजमा सचेतना जागृत गराउने गरी पञ्चवर्षीय गुरुयोजना निर्माण गरिएको हो ।



    गृह मन्त्रालयले तयार पारेको उक्त गुरुयोजना आउँदो वर्षदेखि नै लागू हुनेछ । गुरुयोजनाले मुख्यगरी लागूऔषध प्रयोगबाट हुने सङ्क्रमण जोखिम न्यूनीकरण, प्रयोगकर्ताको भरपर्दो उपचार र पुनःस्थापना, अवैध ओसारपसार नियन्त्रण तथा अपराध न्यूनीकरणका लागि सहकार्य र साझेदारी गर्ने उद्देश्य लिएको छ ।



    गृहसचिव टेकनारायण पाण्डे लागूऔषधको प्रयोग गर्दा भविष्यमा के असर गर्छ भन्ने कुराको ज्ञान नभएका व्यक्तिलाई प्रयोग गरेर कारोबारीले उद्देश्य पूरा गरिरहेकाले त्यसलाई लक्षित गरेर गुरुयोजना तयार पारिएको बताउनुहुन्छ । विसं २०७८ देखि २०८४ सम्म गरिने क्रियाकलाप समेटेर गुरुयोजना तयार पारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार