काठमाडौं । संसदीय समितिले विदेशबाट सुपारी आयातको इजाजत रोक्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
समिति सुपारी आयत गर्ने उद्योगको स्थलगत अनुगमन गर्ने र अनुगमन सकेर फर्किएपछि यससम्बन्धि थप छलफल गर्ने सभापति श्रीवास्तवले बताए ।
सुपारी बाहेक केराउ र मरिचको आयातमा भने समस्या नरहेको समितिको ठहर छ ।
समितिको बुधबारको बैठकपछि सभापति विमलप्रसाद श्रीवास्तवले सुपारी आयातमा रोक लगाउन निर्देशन दिएका हुन् ।
Leave a Reply