Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अध्यक्ष बस्नेतले भने – कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई छैन

    अध्यक्ष बस्नेतले भने – कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई छैन

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.2K
    SHARES

    सुर्खेत । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन् । सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने जोड दिए ।

    अध्यक्ष बस्नेतले बिनाआधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरे। “



    प्रेस काउन्सिल नेपालले देशव्यापीरूपमा आचारसंहिता जागरण अभियान सुरु गरेको अध्यक्ष बस्नेतले बताए । पत्रकार आचारसंहिता पालनाका लागि पत्रकार महासङ्घको पनि उत्तिकै भूमिका रहेको उनको भनाइ थियो ।



    प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकारले बुम देखाउँदा भाग्नुपर्ने अवस्था आएको भन्दै जिम्मेवार र मर्यादित पत्रकारिताको खाँचो रहेको औँल्याए। उनले प्रेस काउन्सिल नेपालले दूत भएर सरकार र पत्रकारबीच पुलको काम गरिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार