Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • श्रीलंकामा ४१ सांसदद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, सरकार संकटमा

    श्रीलंकामा ४१ सांसदद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, सरकार संकटमा

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । श्रीलंकाको सत्तारूढ दलका सहित ४१ सांसदले समर्थन फिर्ता लिएपछि राष्ट्रपति गोटाभाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा परेको छ ।

    गोटाभायको दल श्रीलंका पोडुजना पेरामुना (एसएलपीपी) को नेतृत्वमा रहेका दलहरूले अब आफूहरूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् । सन् २०२० को चुनावमा सत्तारूढ गठबन्धन १४५ सिटमा विजयी भएको थियो ।



    संसद्मा २२५ सदस्य छन् । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएयताकै गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ ।

    जसका कारण राष्ट्रपतिको राजीनामा माग गर्दै विरोध प्रदर्शन चर्केपछि साना दलहरूले उनको साथ छाडेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार