Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • श्रीलंकाका राष्ट्रपति राजापाक्षेले हटाए संकटकाल

    श्रीलंकाका राष्ट्रपति राजापाक्षेले हटाए संकटकाल

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । श्रीलंकामा पाँच दिनअघि लगाइएको संकटकाल हटेको छ । गएराति राष्ट्रपति गोटवाया राजापाक्षेले संकटकाल हटाएको सूचना राजपत्रमा प्रकाशित गरेका हुन् ।

    गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सरकारविरूद्ध लगातार प्रदर्शन हुन थालेपछि राजापाक्षेले गत शुक्रबार संकटकाल घोषणा गरेका थिए ।



    श्रीलंकाको संविधानअनुसार संकटकाल घोषणा भएको दुई साताभित्र संसदबाट पारित गर्नुपर्छ। संसदमा राजापाक्षे सरकारको गठबन्धनमा रहेका दलहरूले साथ छोडेपछि उनको सरकार अहिले अल्पमतमा परेको छ।



    संसदबाट पारित नहुने भएपछि राजापाक्षेले संकटकाल हटाएका हुन्। संकटकाल घोषणापछि श्रीलंकामा कर्फ्यू पनि लगाइएको थियो। राजापाक्षेको राजीनामा मागिरहेका प्रदर्शनकारीले कर्फ्यू तोड्दै प्रदर्शन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार