Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • अब पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

    अब पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आराध्यदेव पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् ।

    कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए ।



    पशुपतिनाथको नाममा रहेका जग्गा पशुपतिनाथ अमालकोट कचहरी कार्यालय, पशुपतिनाथ भण्डार तहबिल कार्यालय र पशुपतिनाथ जयवागेश्वरी भण्डार तहविल कार्यालयको लगतमा रहेका छन् ।



    तीनै कार्यालयको लगतमा रहेका तर दर्ता नभएका जग्गा अब कोष सञ्चालक परिषद्को निर्णयअनुसार मात्र दर्ता हुनेछन् ।

    पशुपतिनाथको गुठीले समेत चिनिने यी जग्गा दर्ता गर्ने विषय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभाग, नापी विभाग र मालपोत कार्यालयमा समेत पत्राचार गरी जानकारी गराइएको थापाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार