Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • रमेश सिलवालको मुद्दा सिन्हा र रेग्मीले सुनुवाइ गर्ने

    रमेश सिलवालको मुद्दा सिन्हा र रेग्मीले सुनुवाइ गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले दायर गरेको रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ ।

    १५ चैतमा न्यायाधीशहरू हरिकृष्ण कार्की र टंबहादुर मोक्तानको संयुक्त इजलासले सिलवालको कार्यसम्पादन फाइन मगाउन सरकारको नाममा आदेश दिएको थियो ।



    सिलवाललाई १ कात्तिकमा सरकारले कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै सदस्यसचिव पदबाट बर्खास्त गरेको थियो । बर्खास्तपछि गत १३ मंसिरमा टंकलाल घिसिङलाई राखेपको नयाँ सदस्य सचिवमा नियुक्त गरेको थियो ।



    सिलवालले रिटमार्फत सदस्य सचिवमा घिसिङको नियुक्ति बदर गर्न र आफूलाई पुनः बहाली गर्न माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार