Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मन्त्री आलेको स्पष्टीकरणविरुद्धको रिटको आज सुनवाइ हुँदै

काठमाडौं । अनाधिकृत रूपमा स्पष्टीकरण सोधेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।

रिटको पेसी न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ ।

पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री प्रेमबहादुर आलेलाई विपक्षी बनाएका छन् ।

उनले रिटमार्फत अनाधिकृत व्यक्ति र निकायबाट स्पष्टीकरण सोध्न नमिल्ने र त्यसलाई बदर गर्न माग गरेको बताए ।

मन्त्री आलेले वायुसेवा निगमको बैठकमा नगई असहयोग गरेको लगायत विषयमा स्पष्टीकरण सोधेका थिए ।

हाल पौडेल मन्त्रालयमा तानिएका छन् । यसपछि उनी १० चैतमा सर्वोच्च अदालत पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077