Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रलोभन देखाई ४२ लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौं । ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप साँघुटार घर भई हाल काठमाडौं धापासीमा बस्दै आएका ५२ वर्षीय नवीन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन् ।

उनले पीडितलाई विभिन्न प्रलोभन देखाउँदै आएका थिए ।

श्रेष्ठले आफू बिरामी भएको बताउँदै ४२ लाख ३४ हजार रकम पठाउन लगाएर ठगी गरेको बताइएको छ ।

श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले सूचनाको आधारमा  सोमबार काठमाण्डौं विशाल नगरबाट पक्राउ गरेको हो ।

श्रेष्ठलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसरमा पठाइएको महाशाखाले  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077