Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भैरहवामा अस्पताल जाने मुख्य सडकमै राप्रपाको आमसभा

भैरहवा । मुख्य सडक बन्द गरेर राप्रपाले रुपन्देहीमा जिल्लास्तरीय आमसभा गर्दै छ । जिल्लाकै ठूलो अस्पताल युनिभर्सल मेडिकल कलेज जाने मुख्य बाटो छेकेर राप्रपा रुपन्देहीले आमसभा आयोजना गरेको हो ।

देशव्यापी देश दौडाहामा नियमित आमसभा र चुनावलाई लक्षित गरी आमसभा गर्नका लागि मुख्य सडकमैत्री पथदेखि खजहना चोकसम्म सडक बन्द गरिएको छ । सडक बन्दले यात्रु तथा पैदल यात्रीले समेत सास्ती खेप्नु परकेाे छ । मुख्य सडकमा सडकमै स्टेज बनाएर सभा गरिनेछ । आठ सदस्यीय समिति बनाएर जिल्ला समितिले हजार बढिलाई पार्टी प्रवेश गराउने दाबी गरेको छ ।

राप्रपा जिल्ला अध्यक्ष सागर राणाले अहिलेको बेथिति र भ्रष्टाचारको विरोधमा राष्ट्रियताको जगेर्ना घुम्ने खतराबाट बचाउन सडकमा आमसभा गर्न लागिएको बताए । आम सभाको लागि ठाँउ नभएकोले यात्रुहरुका लागि वैकल्पिक मार्ग डाइभर्सन दिएर गर्न लागिएको हाे र यो ७५ औँ देशव्यापी कार्यक्रम रहेकाे अध्यक्ष राणाले भने ।

चुनावी सभामा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुव प्रधान, वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वमन्त्री निरञ्जन थापा, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्नेछन् ।

राप्रपाको सडकमा हुने सभाको समाजिक संजालमा पनि टिकटिप्पणी भएका छन् । रुपन्देहीका प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारीले जानकारी गराएर आम सभागर्न लागिएको बताए । पहिला बजार क्षेत्र पवनको अगाडि गरिँदै आएको सभा यसपटक बजारभन्दा केही बाहिर गर्न लागेको हो र डाइभर्सन मिलाएर कार्यक्रम गर्न लागिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077