Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ईश्वर पोखरेलले भने – माओवादीसँग गठबन्धन हुँदैन

चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार ढाल्ने शक्तिसँग गठबन्धनको संभावना नरहेको बताएका छन्। भरतपुरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । एमालेसँग गठबन्धनका लागि छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका नेताहरूको भनाइ झुटो रहेको उनले बताए

‘जसले पार्टी विभाजन गरेर हुँदा खाँदाको कम्युनिष्ट सरकार ढालेर अपराध कर्म गर्‍यो त्यो शक्तिसँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘दुई पार्टीका नेताहरुका बीचमा भेटघाट हुन सक्छ, भेट हुँदा राजनीतिक विषयमा कुरा, समीक्षा हुन सक्छ तर गठबन्धनका लागि छलफल चलेको भन्ने कुरामा सत्यता छैन।’

माओवादी नेता वर्षमान पुनले आत्मआलोचना गरे एमालेसँग गठबन्धन हुन सक्ने अभिव्यक्ति दिएका थिए। उनले प्रचण्डले लगाउने कुनै पनि छलाङको विषयमा एमाले जानकार रहेकाले त्यसबाट प्रभावित नहुने बताए।

उनले प्रचण्डको पार्टी कब्जाको मानसिकताका कारण पार्टी फुटेको दाबी गरेका थिए। पोखरेलले एमालेले स्थानीय तहको निर्वाचनका लागि कुनै पनि दलसँग गठबन्धन नगर्ने नीति लिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077