Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले नुवाकोटमा बसेको सत्तारुढ गठबन्धनको बैठकले जसपालाई उपेक्षा, अपमान र निषेध गर्न खोजेको टिप्पणी गरेका छन् । सत्तारूढ पाँच दलले स्थानीय तह चुनावमा वडासम्म नै गठबन्धन गर्ने भने पनि नुवाकोटमा जनता समाजवादी पार्टी (जसपा) बिनै दलहरूको बैठक बसेर तालमेलको छलफल गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् । चैत १८ मा नुवाकोटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बैठक बसेर चुनावी तालमेलको प्रारम्भिक छलफल गरेका थिए । आइतबार राति ट्वीट गर्दै उनले यस्तो हर्कत स्वीकार्य नहुने बताएका छन् । उनले भनेका छन्,-'जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न। गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं। कुनै छलछाम नगरौं। राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौं !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077