एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्स पञ्जाब किंग्ससँग ५४ रनले हारेको छ ।
जारी आईपीएलमा चेन्नईले लगातार तेस्रो हारको सामना गरेको हो । पञ्जाबको लागि भने तेस्रो खेलमा यो दोस्रो जित हो।
आइतबार भएको खेलमा पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रनको स्कोर खडा गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर खेल्दै सबै विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो।