Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छोटो दुरीमा गुड्ने सार्वजनिक सवारीको भाडादर प्रदेश सरकारले बढाउने

काठमाडौं । सार्वजनिक सवारीमा छोटो दुरीमा गुड्ने सार्वजनिक सवारीको भाडादर प्रदेश सरकारले बढाउने भएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले लामो दुरीको भाडादर समायोजन भएसँगै छोटो दुरीको प्रदेशले समायोजन गर्ने जानकारी दिए ।

यही वर्ष लामो दुरीको सवारीमा भाडा बढेको दोस्रोपटक हो । छोटो दुरीको सवारीमा गत कातिक १ गतेदेखि लागु हुनेगरी बागमती प्रदेशले भाडा बढाएको थियो ।

अहिले बागमतीमा पाँच किलोमिटरमा १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि यात्रा गर्दा ३५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077