Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई सन्तानसहित आमाको आत्महत्याको प्रयास, आमा बाँचिन् दुबै छोरा–छोरीको मृत्यु

महोत्तरी । महोत्तरीको औरही नगरपालिका वडा नम्बर–१ मा शनिवार राति दुई छोरा–छोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोरा–छोरीको डुबेर मृत्यु भएको छ । आमा घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महीनाका छोरा अध्यान्सुसहित पोखरीमा हाम फालेकामा दुवै छोरा–छोरीको डुबेर मृत्यु भएको हो ।

महिलाले छोरा–छोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनालाई पोखरी बाहिर ल्याइएको थियो । पछि उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोरा,छोरीलाई मृत घोषणा गरेको थियो । तर आमा बन्दनाको अवस्था सामान्य छ ।

प्रहरीले घटना पश्चात गए राति ११ बजे नै मृतक बालबालिकाका आमा बुवा दुवैलाई नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077