काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताएका छन् ।
एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले नाफामूलक राजनीति गर्नेले नाफा नहुने बित्तिकै पार्टी टुक्रयाउने गरेको आरोप लगाए ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने समेत बताएका छन् ।
राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताए ।
Leave a Reply