Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : गुजरातको लगातार दोस्रो जित, दिल्ली १४ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले लगातार दोस्रो जित हात पारेको छ ।

गएराति गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

पुणेमा एक सय ७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर एक सय ५७ रन मात्र बनायो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७१ रन बनायो ।

२ खेलमा २ जित निकालेको गुजरात ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दिल्ली २ खेलमा १ जित र १ हारका साथ २ अंकका साथ तालिकाको चौथोे स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077