एजेन्सी । राष्ट्रिय आपतकाल लागु भएको श्रीलंकामा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यू लागु भएको छ ।
सरकारले आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागु गरेको होे ।
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा खाद्यान्न तथा इन्धनसहितका अत्यावश्यक सामग्रीको अभाव भएको छ ।
यसले गर्दा प्रदर्शन हुँदै आएको छ । ती प्रदर्शनलाई नियन्त्रणमा राख्न सरकारले कर्फ्यू लागु गरेको हो ।
गएको बिहीबार प्रदर्शनकारीले राष्ट्रपतिको निजी निवास क्षेत्रमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो ।
Leave a Reply