Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावी तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्छ : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

सिन्धुपाल्चोकस्थित इन्द्रावती रङ्गशाला र गाउँपालिकाको प्रशासनिक भवन शनिबार उद्घाटन गर्दै थापाले चुनावी तालमेलबारे पार्टीमा निरन्तर छलफल भइरहेको पनि बताए।

‘तालमेल गर्नेबारे पार्टीमा निरन्तर छलफल गर्दैछौँ,’ उनले भने, ‘तर पार्टीको निर्णय सबैले मान्नुपर्छ।’

इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन ? छ करोडमा तयार भएको हो भने इन्द्रावती रङ्गशाला रु तीन करोड ७९ लाखमा १८ महिनामा तयार भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077