Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल आयल निगमसँगको वार्तापछि पेट्रोलियम व्यवसायीले लिए आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत पेट्रोलियम व्यवसायी र नेपाल आयल निगमबीच सहमति जुटेको छ । वार्तापछि व्यवसायीहरूले आइतबारदेखि गर्ने भनेको देशव्यापी आन्दोलन फिर्ता लिएका हुन् ।

निगमले पेट्रोलियम व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार साँझ भएको वार्तामा दुई पक्षबीच सहमति भएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बीच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यस्तै व्यवसायी र निगम निरन्तर छलफलमा बसेर आवश्यक निष्कर्ष निकाल्ने सहमति समेत भएको बताइएको छ । कमिसन र भाडा बढाउनुपर्ने माग गर्दै पेट्रोलियम व्यवसायीहरू आन्दोलित भएका थिए । ढुवानी व्यवसायीले पनि आफ्ना माग पूरा नहुँदासम्म ढुवानी नगर्ने जनाएका थिए ।

यस्तो छ संयुक्त सहमति पत्र :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077