Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • इसेवा र गुण एयरलाइन्सको ठगी धन्दा, यसरी झुक्याइन्छ यात्रुलाई

    इसेवा र गुण एयरलाइन्सको ठगी धन्दा, यसरी झुक्याइन्छ यात्रुलाई

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालकै पहिलो मोबाइल वालेट भनेर प्रचार गर्दै आएको इसेवाले आफ्ना ग्राहकहरुलाई नै झुक्याएर ठगी गरेको पाइएको छ ।

    मोबाईल रिचार्ज, स्कुल बिल, बिजुली बिल, खानेपानी बिल, ईन्टरनेट बिल, टिभी बिल, फिल्म टिकट, एयरलाईन्स र बस टिकट लगायतको भुक्तानी गर्ने सुविधा दिंदै आएको इसेवाले फ्लाइट नै नभएको समयमा प्लेनको टिकट जारी गरेर ग्राहकमाथि ठगी गरेको हो।



    पोखराबाट काठमाडौं आउनका लागि काटिएको गुण एयरलाइन्सको टिकट फ्लाइट नै नभएको समयमा परेपछि विद्यार्थी नेतृ समेत रहेकी यात्रु उर्मिला थपलिया ठगिएकी हुन । नेपाल विद्यार्थी संघ (नेविसंघ) की महामन्त्री समेत रहेकी थपलियाले आज १ः३१ मा पोखरा–काठमाडौंका लागि काटेको टिकटमा फ्लाइटको समय ३ः१५ उल्लेख छ ।



    प्लाइटको समय भन्दा एक घण्टा अघि पोखरा विमानस्थल पुगेकी थपलियालाई गुण एयरलाइन्सले ३ः१५ मा आफ्नो फ्लाइट नै नभएको जानकारी गराउँदा आफू छाँगाबाट खसेजस्तै भएको उनले अनलाइन नेपालसँग बताइन् । आज जसरी पनि काठमाडौं आउनै पर्ने बाध्यतामा रहेकी उनले इसेवा र गुण यरलाइन्सले आफूलाई झुक्याएर ठगी गरी दुःख दिएको बताइन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा टिकटको फोटो नै राखेर अक्रोश व्यक्त गरेकी छन् । उनले लेखेकी छन्–
    ‘कहाँ छैन लापरवाही ? पोखरा बाट काठमाडौं आउन टिकट काटेर पोखराको एर्पोट पुग्दा गुण एयरलाइन्सले हाम्रो फ्लाइट छैन टिकट कसरि काट्नु भयो भने । म त अलमल परे । कस्तो सिस्टम हो यो देशमा ? जस्ले जे गरे पनि पाउने हो ? फ्लाइट नै नहुँदा टिकट काटेर मान्छे झुक्याउने काम किन हुन्छ ? उत्तर कस्ले दिने ?’

    यसबारे अनलाइन नेपालले गुण एयरलाइन्सका प्रतिनिधिसँग कुरा गर्दा ३ः१५ बजे पोखरा–काठमाडौंको फ्लाइट नै नभएको दावी गरे । उनले आजका लागि विहान ९ः५ बजे र दिउसो १ः१५ बजेको दुई वटा मात्रै फ्लाइट भएको बताए ।

    मौसम खराबीका कारण पोखरा विमानस्थल ढिलो खुल्दा दुबै फ्लाइटलाई मर्ज गरेर २ः२९ बजे पोखराबाट काठमाडौंका लागि प्लेन उडेको पनि उनले बताए । गुण एयरलाइन्सका प्रतिनिधिले अनलाइन नेपालसँग भने–‘मौसम खराबीका कारण दुबै फ्लाइटलाई मर्ज गराएर दिउसो २ः२९ मा काठमाडौंका लागि पोखराबाट प्लेन उडेको हो । सबै यात्रुलाई हामीले जानकारी गराएका थियाैं । ३ः१५ मा पोखरा–काठमाडौंका लागि हाम्राे फ्लाइट नै थिएन । इसेवाले कसरी टिकट काट्यो हामीलाई थाहा भएन ।’

    गुण एयरलाइन्सले आफ्नो गल्ती नभएको दावी गरेपछि हामीले इसेवाको कार्यालयमा फोन गर्दा इसेवाले पनि आफ्नो गल्ती नभएको दावी गर्यो । इसेवाकी प्रतिनिधि श्रृंखलाले अनलाइन नेपालसँग कुरा गर्दै फ्लाइट देखाएको हुँदा टिकट काटिएको भन्दै त्यो इसेवाको गल्ती नभएको दावी गरिन् ।

    गुण एयरलाइन्स र इसेवाले दुबैले आफ्नो गल्ती नभएको भन्दै ढाकछोप गरिरहेपनि दुईमध्ये एकको गल्ती प्रष्ट देखिन्छ । त्यसमाथि पनि विमानस्थल पुगेर अलपत्र परेका यात्रुलाई अझ कति समस्या पर्यो भन्ने बारे उनीहरु अनभिज्ञ नै छन् । समास्यामा परेकी थपलियाले इसेवा र गुण एयरलाईन्समाथि छानविन गरी कारबाही हुनुपर्ने माग गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार