काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै छ ।
खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपाल लगातार तीन खेलमा जितका साथ फाइनलमा पुगिसकेको छ ।
मलेसिया यस खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ। तर, पराजित भए पपुवा न्यू गिनी फाइनलमा पुग्नेछ ।
मलेसिया पराजित हुँदा दुबै टोलीको २–२ अंक हुनेछ । यो अवस्थामा पपुवा न्यू गिनी नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ।
Leave a Reply