Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : पन्जाबलाई हराउँदै कोलकाताको दोस्रो जित

काठमाडौं । आईपीएलमा पन्जाब किङ्सलाई हराउँदै कोलकाता नाइड राइडर्सले दोस्रो जित हात पारेको छ ।

मुम्बईमा गएरातिको भएको खेलमा पन्जाबलाई ६ विकेटले हराउँदै कोलकाता विजयी भएको हो । पन्जाबले दिएको १३८ रनको लक्ष्य पछ्याएको कोलकाताले १४ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १४१ रन बनायो ।

कोलकाताका लागि आन्द्रे रसेलले ७० रनको अर्धशतकीय पारी खेले । उनले ३१ बलमा २ चौका र ८ छक्का प्रहार गरे ।

त्यस्तै कप्तान श्रेयस यैरले २६ रन बनाउँदा श्याम बिलिङ्सले २४ र अजिङ्गे रहाणेले १२ रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

पन्जाबका लागि भानु्का राजपाकसले सर्वाधिक ३१ रनको योगदान गरे । त्यस्तै लिम लिभिन्टोनले १९ रन जोड्दा हप्रित बर १४ र शिखर धावनले १६ रनको योगदान दिएको थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077