Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • नेपाल बार एशोसिएशनको निर्वाचन आज हुँदै

    नेपाल बार एशोसिएशनको निर्वाचन आज हुँदै

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 864
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुँदैछ ।

    नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको हो ।



    उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् ।



    निर्वाचन समितिका सदस्य सुरेन्द्र महतोका अनुसार बारको निर्वाचनका लागि शनिबार बिहान देशभरको ३५ स्थानबाट एकसाथ बिहान ८ बजेदेखि बजेदेखि मतदान प्रारम्भ हुनेछ भने ४ बजे सम्पन्न हुनेछ।

    बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि हुन गइरहेको छ। निर्वाचनमा नौहजार ७०८ जना अधिवक्ता मतदाता रहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार