Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • प्रधानमन्त्री देउवा र मोदी नयाँदिल्लीबाट रेल सेवा उद्घाटन गर्दै, आइतबारदेखि नियमित सञ्चालन

    प्रधानमन्त्री देउवा र मोदी नयाँदिल्लीबाट रेल सेवा उद्घाटन गर्दै, आइतबारदेखि नियमित सञ्चालन

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रूपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज शनिवार नयाँदिल्लीबाट संयुक्त रूपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गर्ने कार्यक्रम छ ।



    नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा २ सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो ।



    पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ । यो रेल सेवा शुरू भएसँगै नेपालको रेल यातायात तर्फको अर्को यात्रा शुरू हुनेछ ।

    आज शनिवार रेल गाडीमा दुवै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए । आज उद्घाटन भएपछि आइतवारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार