काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौंमा सम्पन्न लोसपा कार्यकारिणी समिति बैठकले स्थानीय कमिटीलाई आगामी निर्वाचनमा गठबन्धन गर्न अधिकार दिएको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचन विषयमा छलफल गर्न बसेको बैठकले स्थानीय कमिटीलाई नै ‘जोसँग सम्मानजनक कुरा मिल्छ उसैसँग’ चुनावी गठबन्धन गर्न अधिकार दिएको छ ।
लोसपा कार्यकारिणी समितिका सदस्य सञ्जय यादवले आगामी निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको बताए । ‘स्थानीय कमिटीले जोसँग सम्मानजनक कुरा मिल्छ उसैसँग चुनावी गठन गरेर जाने अधिकार कार्यकारिणी समितिले दिएको छ,’ यादवले भने ।
लोसपा कार्यकारिणी समितिका सदस्य उमाशंकर अरगरियाले केन्द्रबाट गठबन्धन नहुने बताए । स्थानीय कमिटीले अनुकूल हुने दलसँग चुनावी गठबन्धन गर्न सक्ने अधिकार कार्यकारिणी समितिले दिएको उनले बताए । राजधानी दैनिकबाट
Leave a Reply