Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आन्दोलनका कार्यक्रम फिर्ता लिन पेट्रोलियम व्यवसायीलाई निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगमले आन्दोलनका कार्यक्रम फिर्ता लिन राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिलाई आग्रह गरेको छ ।

समितिले उठाएका मागबारे निगमका उच्च पदाधिकारी भारतबाट फर्किएपछि निर्णय लिने भन्दै आन्दोलन स्थगन गर्न निगमले आग्रह गरेको हो ।

शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरिएको छ। शनिबारदेखि विक्री वितरण समेत बन्दको कार्यक्रम तय भएको छ।

‘राष्ट्रिय पेट्रोलियम व्यवसायी सस्थागत समन्वय समितिको माग पत्र सम्बन्धमा आवश्यक अध्ययन गरी उपयुक्त निर्णय लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवको संयोजकत्वमा एक कमिटी गठन भई कार्य भइरहेको छ ।

निगमका कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीहरु निगम र आइओसी आपूर्ति सम्झैता नवीकरण गर्ने सिलसिलामा भारतमा रहेको हुँदा उहाँहरु फर्केपछि मागको सन्दर्भमा आवश्यक निर्णय लिनेछौं,’ निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इन्धनको सरल र सहजरुपले व्यवस्था मिलाउन आन्दोलन फिर्ता लिन अनुरोध गर्दछौं ।’

चैत ७ गतेको पत्रबाटै आन्दोलनका कार्यक्रम स्थगन गर्न अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077