Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्नु पर्छ : मन्त्री श्रेष्ठ

    जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्नु पर्छ : मन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।

    नेकपा एकीकृत समाजवादी आँबुखैरेनी तनहुँले शुक्रवार आयोजना गरेको पालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले अहिले जनताको काम गर्ने समय भएको उल्लेख गर्दै जनताले मूल्यांकन गरी निर्वाचनमा उम्मेदवारलाई मत दिन सक्ने बताए ।



    हाम्रोभन्दा पनि विकासप्रेमी र राम्रा नेता अहिलेका जनताले चाहेको बताउँदै मन्त्री श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न कार्यकर्तालाई आग्रह गरे । कसलाई मत दिएर जिताउने भन्ने महत्त्वपूर्ण अभिभारा जनता नै रहेको उनले बताए ।



    आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार