काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन नेपाली कांग्रेसले भारतीय सेनालाई नेपाल भित्र्याएर देशभक्तहरूको टाउको कटाएको आरोप लगाएका छन् ।
शुक्रबार अनेरास्ववियुको कार्यक्रममा सम्बोधन गर्दै ओलीले विद्यार्थी आन्दोलन दबाउन बीपी कोइराला गृहमन्त्री छँदा दमन गरेको र गोली हानेको भन्दै उनले कांग्रेसले विदेशी सेनाको प्रयोग गरी देशभक्तहरूको हत्या गरेको आरोप लगाएका हुन् ।
उनले भने , ‘कांग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो । कांग्रेसले विदेशी सेनालाई बोलाएर देशभक्तको टाउको कटाएको थियो । भन्दा नराम्रो लाग्छ । यो सब नेपाली कांग्रेसले गराएको थियो । तर के गर्नु नेपाली कांग्रेस त्यस्तै हो ।’
Leave a Reply