Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • यस्ता छन् एनआईसी एशियाको ‘सर्वश्रेष्ठ नारी बचत खाता’का विशेषता, बचत खातामै मुद्दतीको ब्याजदर

    यस्ता छन् एनआईसी एशियाको ‘सर्वश्रेष्ठ नारी बचत खाता’का विशेषता, बचत खातामै मुद्दतीको ब्याजदर

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । आकर्षक योजनासहितको सर्वश्रेष्ठ बचत खाता सञ्चालन गरेर आम ग्राहकहरुको मन जितेको एन आई सी एशिया बैंकले महिलाहरुका लागि सर्वश्रेष्ठ नारी बचत खाता ल्याएको बैंकले जनाएको छ । महिलाहरुलाई आर्थिक कारोबारमा अधिक मात्रामा संलग्न गराउने उद्देश्यका साथ सर्वश्रेष्ठ फाइदा सहित सर्वश्रेष्ठ नारी बचत खाता ल्याएको हो ।

    यस खातामा सर्वाधिक उच्च ब्याजदर, ८४ लाख रुपैँयासम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समेटिएका छन् । यसबाहेक बचत खातामै मुद्दतीको ब्याजदर प्राप्त हुने यस खाताको अर्को प्रमुख विशेषता हो ।



    महिलाको आफ्नो मेहनतको कमाइमा बैंकले उच्चतम प्रतिफल दिने सोच अनुरुप बचत खातामै मुद्दती निक्षेपको ब्याज प्राप्त हुने योजना अनुरुप सर्वश्रेष्ठ नारी बचत खाताको गुडविल एम्बेसडर श्रेणीमा यस्तो व्यवस्था गरिएको एन आई सी एशिया बैंकले जनाएको छ ।



    यस श्रेणीमा रहेको स्विप इन–स्विप आउट सुविधा अन्तर्गत बचत खातामै बार्षिक ११.०३ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकको योजना छ । यस फाइदा अन्तर्गत खातावालाको बचत खातामा दुई लाख रुपैयाँ भन्दा बढी रकम मौज्दात भएमा उक्त बढी रकमलाई दश हजारले गुणन गरी बैंकले तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ । सो रकममा मुद्दती खाताकै सरह बार्षिक उच्चतम ब्याजदर खातावालालाई उपलब्ध गराउने बैंकको भनाई छ ।

    बचत खातामै राखेको रकममा मुद्दती निक्षेपको ब्याजदर प्राप्त हुन्छ । यसरी प्राप्त हुने लाभ बचत खाताको भन्दा करिब ४३ प्रतिशत बढी हुने गर्दछ । महिलाले आफ्नो बचतमा उच्च ब्याजदर प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम खातावालाको आवश्यकता अनुसार बिना झन्झट सजिलै झिक्न अर्थात् स्विप आउट गर्न सकिने बैंकले जनाएको छ ।

    यदि ग्राहकले तीन महिना अगावै (म्याच्युरिटी हुनु अघि) रकम स्विप आउट अथवा झिकेमा सो रकममा बचत खाताकै ब्याजदर अर्थात वार्षिक ८.०३ प्रतिशत प्राप्त हुने पनि बैंकले जनाएको छ ।

    एन आई सी एशियाको सर्वश्रेष्ठ गुडविल एम्बेसडर नारी बचत खाताका खातावालाले बीमाका विभिन्न फाइदाहरु पनि पाउनेछन् । खातामा न्यूनतम १ लाख रुपैयाँको बचत गर्नेले रु. ४० लाखसम्मको दुर्घटना बीमा, ४० लाख रुपैयाँ कै घातक रोग बीमार ४ लाख रुपैयाँ सम्मको औषधोपचार बीमा ५ वर्षसम्म निःशुल्क पाउनेछन् । यो बीमा फाइदा खातावाला र खातावालाले मनोनित गरेका ३ जनासम्मले पाउनेछन् ।

    त्यस्तै सर्वश्रेष्ठ नारी बचत खाताकै प्राइड अफ एन आई सी खाता खोल्नेले रु. २० लाखसम्मको दुर्घटना बीमा र रु. २० लाख बराबरकै घातक रोग बीमा र रु. २ लाख सम्मको आषधोपचार बीमा ५ वर्षसम्मको लागि पाउनेछन् जुन खातावाला र खातावालाले सिफारिस गरेको अर्को एक जनाले पनि पाउनेछन् ।

    यसैगरी सर्वश्रेष्ठ द पार्टनर अफ एन आई सी एशिया खाता खोल्नेले १० लाख बराबरको दुर्घटना बीमा, १० लाख बराबरको घातक रोग बीमा र १ लाख बराबरको औषधोपचार बीमा ५ वर्षसम्मको लागि पाउनेछन् । यी बाहेक एन आई सी एशियाको सर्वश्रेष्ठ नारी बचत खाताका तीन वटै श्रेणीका खाता खोल्ने ग्राहकले ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डीम्याट खाता, मेरो शेयर,पोर्टफोलियो म्यानेजमेन्ट सेवा पाउने बैंकले जनाएको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

    उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार