Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • जम्बो टोलीका साथ प्रधानमन्त्री देउवा भारत प्रस्थान

    जम्बो टोलीका साथ प्रधानमन्त्री देउवा भारत प्रस्थान

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् ।

    चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन् ।





    त्यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो । प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत पनि विमानस्थल पुगेका थिए ।

    चारजना मन्त्रीसहित ५० जानको जम्बो टोली लिएर प्रधानमन्त्री भारतर्फ लागेका हुन् । प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, विभिन्न मन्त्रालयका सचिव लगायत रहेका छन् ।

    यस्तो छ भ्रमण कार्यतालिका
    प्रधानमन्त्री देउवाले भारतीय विदेश मन्त्री एस जयशंकरसँग आज होटल आइटीसी मौर्यमा भेटवार्ता गर्ने छन् । शनिबार देउवाले विहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ ।

    शनिबार नै ११ बजेर १० मिनेटमा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । र हैदरावाद हाउसमै सवा १२ बजे सम्झौता आदानप्रदान र प्रेस स्टेटमेन्ट जारी हुने कार्यक्रम रहेको छ ।

    सोही दिन अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । आइतबार ९ बजे देउवा वाराणसी पुग्ने छन् भने त्यहाँ कार्यक्रममा सहभागी हुने छन् । वाराणसीको कार्यक्रम सकेर देउवा ४ बजे दिल्ली फर्कने छन् । भ्रमण सकेर देउवा ४ बजेर १५ मिनेटमा काठमाडौंका लागि फर्कने कार्यतालिका रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार