Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सेनाका १२० जनाको सुरक्षामा नमूना मतपत्र छाप्दै आयोग, दुई करोड मतपत्र छाप्ने तयारी

    सेनाका १२० जनाको सुरक्षामा नमूना मतपत्र छाप्दै आयोग, दुई करोड मतपत्र छाप्ने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र छाप्न थालेको छ । आयोगको आग्रहमा जनक शिक्षा सामग्री केन्द्रले बिहीबार देखि नमूना मतपत्र छाप्न थालेको हो ।

    नेपाली सेनाको निगरानीमा मतपत्र छपाइ सुरू भएको निर्वाचन आयोगले जनाएको छ । मतपत्र छपाइ स्थलमा सेनाका कर्णेलको नेतृत्वमा एक सय २० जना सेनाले सुरक्षा दिएका छन् ।



    अहिले परीक्षणका रूपमा मतपत्र छाप्ने काम गरिएको बताइएको छ । स्थानीय चुनावका लागि दुई करोड मतपत्र छाप्ने आयोगको तयारी छ ।



    चुनावका लागि एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना मतदाता छन् । मतदाताभन्दा १५ प्रतिशत बढी मतपत्र छाप्ने आयोगको तयारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार