Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुबलमा भुक्तानी नगर्ने देशलाई रुसले ग्यास नदिने, युरोपेली देशलाई ठूलो असर

एजेन्सी । रुसले आजदेखि आफ्नै मुद्रा रुबलमा भुक्तानी नगर्ने देशलाई ग्यास नदिने भएको छ ।

यसअघि धम्की मात्रै दिँदै आएको रुसले एउटा आदेश पारित गर्दै रुससँग मित्रवत् व्यवहार नदेखाउने देशहरुले ग्यास खरिदको लागि अनिवार्य रुपमा रुबलमै भुक्तानी दिनुपर्ने नियम लागू गरेको हो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको आदेश अनुसार ग्यास खरिद गर्न चाहनेहरुले आजदेखि रुसी बैंकमा खाता खोलेर रुबल जम्मा गर्नुपर्नेछ ।

रुसको यो नियमपछि ग्यास खरिद गर्ने युरोपेली देशहरुलाई निकै ठूलो असर पर्नेछ भने युद्धका कारण कमजोर बन्दै गएको रुसी मुद्रालाई राहत हुनेछ । यसले रुसी मुद्रा बलियो बन्ने तथा रुससँग डलर र युरोको सञ्चिती बढ्ने अनुमान छ ।

रुसी निर्णयको प्रतिक्रिया दिँदै जर्मनीले यसलाई ‘ब्ल्याकमेल’ अर्थात जालसाझी गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077