Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा नवप्रवेशी लखनऊद्वारा चेन्नई ६ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि सानदार जित हात पारेको छ ।

डेब्यू प्रतियोगिता खेलिरहेको लखनऊले चार पटकको च्याम्पियन चेन्नईलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।

पहिले ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन चेन्नाइले सात विकेट गुमाएर २ सय १० रन बनाएको थियो । यसै पल्टको प्रतियोगिताबाट लखनउले पहिलो पल्ट आईपीएल खेल्दैछ ।

लेविसले तीन छक्का र छ चौका प्रहार गरे । कप्तान केएल राहुलले ४० र क्विन्टन डे ककले ६१ रन बनाएर टिमको जितको आधार तयार पारेका थिए । चेन्नइका लागि भने रोबिन उथप्पाले ५० र शिभम डुबेले ४९ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077