काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी गठबन्धनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन् ।
लोसपाले उठाएका मुद्दा सम्बोधनका लागि देउवाले सकारात्मक जवाफ दिएका छन् भने स्थानीय तहमा गठबन्धन गरेर अघि बढ्नेबारे समत छलफल भएको छ ।
बुधबार लोसपाका नेताहरुले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए ।
त्यसक्रममा देउवा लोसपासँग चुनावी गठबन्धन गर्न सकारात्मक भएको नेता शरदसिंह भण्डारीले बताए ।
Leave a Reply