Online Nepal
  • बुधबार, १० पुष २०८१
  • वडा तहसम्म निर्वाचन परिचालन समिति बनाउने कांग्रेसको निर्णय

    वडा तहसम्म निर्वाचन परिचालन समिति बनाउने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि वडा तहसम्म नै निर्वाचन परिचालन समिति बनाउने भएको छ।

    कांग्रेसका उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको बैठकले विभिन्न तहमा विधानमा गरिएको व्यवस्था बमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्ब गठन गर्न निर्णय गरेको हो ।



    बैठकमा सदस्यहरु डा. प्रकाशशरण महत, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम लगायतका नेताले आफ्नो धारणा राखेका थिए ।



    गत मंगलबार सम्पन्‍न केन्द्रीय समितिको बैठकले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार